नापनक्सा सम्बन्धीकार्य गर्नको लागी केन्द्रीय विभागको रुपमानापी विभाग वि.स. २०१४ सालमा स्थापना भएको हो । जग्गा नापजाँच ऐन, २०१९ लागु भए पश्चात नेपालको सम्पूर्ण जिल्लाहरुको नापनक्सा कार्य प्रारम्भ भएको र वि.स. २०५५ सालमा एकोहोरो नापी सम्पन्न भएको थियो। यसै क्रममा स्याङ्जा जिल्लामा वि.स.२०३५ साल देखी २०39 साल सम्ममा नापनक्सा सम्पन्न भएको थियो । जिल्ला भित्र रहेका नागरिकलाई सहज रुपमा प्रशासनिक सेवा दिन स्याङ्जा बजारमा वि.सं. २०40 सालमा नापी कार्यालय स्याङ्जा स्थापना भएको थियो।मिति २०७१/11/08 मा यो कार्यालय विभाजन भई वालिङ नापी कार्यालयबाट समेत सेवा प्रवाह शुरु भएको हो ।2076 साल माघबाट नमुना नापी कार्यालय भएको यस कार्यालयले साबिकका 31 गा.वि.स हाल २ नगरपालिका र ५ गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्दै आएको छ ।स्थापना कालदेखि नै सेवाग्राही प्रति जवाफदेही रही निष्पक्ष र पारदर्शी तवरले स्वच्छ र गुणस्तरयुक्त प्रविधिमैत्री सेवाप्रवाहमा जोड दिदै आएको छ । सेवाग्राही प्रति शिष्टर समान किसिमको व्यवहार गर्दै कार्यालयको उदेश्य र लक्ष्य प्राप्तिलाई केन्द्रमा राखी उपलव्ध साधन र श्रोतको मितव्ययीपूर्वक परिचालन गर्दै सरल, छिटो, छरितो एवं झन्झट रहित रुपमा सेवा प्राप्त गर्ने सेवाग्राही महानुभावहरुको चाहनालाई उच्च सम्मान गर्दै यस कार्यालयले प्रविधिको अधिकतम प्रयोगमा जोड दिदै समयानुकल सेवा प्रवाहमा नवीनतम प्रयोगहरु समेत गर्दै आइरहेको छ ।