सेवा प्रवाह सम्बन्धी सूचना

प्रस्तुत विषयमा नापी विभागको च.नं.1490 मिति 2083/02/27 गतेको पत्रानुसार नापी विभागबाट संचालनमा रहेको मेरो कित्ता (Mero Kitta) प्रणालीबाट बैंक तथा वित्तिय संस्थाहरुलाई प्रवाह हुने नक्सासंग सम्बन्धित सेवा अनिवार्य रुपमा मिति 2083/03/08 गते बाट मेरो कित्ताको संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट हुने व्यहोरा सरोकारवाला सबैमा यो सूचना जारी गरिन्छ ।